बेलाैरी : श्री शारदा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विष्ट

होमपेज / समाचार / समाज / स्वास्थ्य/शिक्षा /
विद्यालयले नयाँ उचाइ हासिल गर्ने विश्वास
बेलाैरी : श्री शारदा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विष्ट
  • चन्द्रिका चौधरी
  • १९ पुष २०८२ (५ महिना अघि)
  • १०८१

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर —

कञ्चनपुरको बेलाैरी नगरपालिका–६ स्थित श्री शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कैलाश सिंह विष्ट सर्वसम्मत निर्वाचित भएका छन्।

विद्यालयमा हालै सम्पन्न भएको साधारणसभाले विष्टलाई आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा चयन गरेको विद्यालय स्रोतले जनाएको छ।

स्वास्थ्य र समाजसेवामा सक्रिय स्थानीय मेडिकल व्यवसायी विष्टले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुदृढीकरण तथा विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनसँगै विद्यालयले शैक्षिक योजना र विकासका कार्यक्रमलाई अझ व्यवस्थित तथा प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाले पनि विष्टको नेतृत्वमा विद्यालयले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। 

अन्तिम अध्यावधिक: १९ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस