प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच बालुवाटारमा भेटवार्ता

होमपेज / राजनीति /
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच बालुवाटारमा भेटवार्ता
  • रेडियो सुदूर सञ्चार
  • २४ पुष २०८२ (१ हप्ता अघि)
  • ११३

काठमाडौं -

प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ। बिहिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको हो।

अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रेस विज्ञ रावलले जानकारी दिनुभयो। 

अन्तिम अध्यावधिक: २४ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस