रास्वपाबाट दीपकराज बोहराको उम्मेदवारी, २ बजे झलारीकाे खुलामञ्चमा उपस्थित हुन आह्वान

होमपेज / मुख्य समाचार / समाचार /
रास्वपाबाट दीपकराज बोहराको उम्मेदवारी, २ बजे झलारीकाे खुलामञ्चमा उपस्थित हुन आह्वान
  • रेडियो सुदूर सञ्चार
  • ५ माघ २०८२ (२ हप्ता अघि)
  • २०१

कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि दीपकराज बोहराले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मंगलबार औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ।

आगामी फागुन २१ काे प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिने यस कार्यक्रमलाई रास्वपाले राजनीतिक रूपले अर्थपूर्ण र सन्देशमूलक बनाउने तयारी गरेको जनाएको छ।

निर्धारित कार्यक्रमअनुसार उम्मेदवार बोहराको उम्मेदवारी दर्ता निर्वाचन आयोगको कार्यालय, झलारी, शुक्लाफाटा  नगरपालिका वडा नं. १० मा गरिनेछ।

उम्मेदवारी दर्ता प्रक्रियामा सहभागी हुन पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणलाई मंगलबार दिउँसो ठीक २:०० बजे झलारी खुला मञ्चमा उपस्थित हुन आह्वान गरिएको छ।

त्यहाँबाट सबैजना संगठित रूपमा निर्वाचन आयोगको कार्यालयतर्फ जाने कार्यक्रम रहेको जनाइएको छ।
रास्वपाले उम्मेदवारी दर्ता कार्यक्रमलाई शान्तिपूर्ण, अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

पार्टीले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिलाई आफ्नो मूल एजेन्डा बनाउँदै लामो समयदेखि राजनीति र शासन व्यवस्थाप्रति असन्तुष्ट रहेका नागरिकको आवाज प्रतिनिधि सभामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

यसै सन्दर्भमा रास्वपाका केन्द्रीय एवम् प्रभावशाली नेता दीपकराज बोहराको उम्मेदवारीलाई वैकल्पिक राजनीतितर्फको सशक्त कदमका रूपमा हेरिएको स्थानीय एवम् पार्टीका नेताहरूको भनाइ छ।

युवा नेता बोहरा कञ्चनपुर क्षेत्र नम्बर–२ का स्थानीय एवम् वरिष्ठ पत्रकार हुन्।, राष्ट्रकाे लाेकप्रिय कार्यक्रम सिधाकुराका प्राेड्युसर समेत रहेका बाेहरा जनसम्पर्कमा सक्रिय र समसामयिक राजनीतिक विषयमा स्पष्ट दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा देश बिदेशमा परिचित छन्।

उहाँप्रति स्थानीयस्तरमा उल्लेख्य समर्थन रहेको पाइन्छ। भने उम्मेदवारी दर्ता कार्यक्रममा ठूलो संख्यामा नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ।

रास्वपाले निर्वाचनमार्फत जनताको मुद्दा, क्षेत्र विकासका आवश्यकता, सुशासन र राजनीतिक सुधारका विषयलाई थप सशक्त रूपमा उठाउने उद्देश्य लिएको जनाएको छ।

भने, पार्टीले सबैलाई मर्यादित रूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गर्दै शुभचिन्तक सबैमा समयमै उपस्थितिका लागि अनुरोध गरेको छ।

अन्तिम अध्यावधिक: ५ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस