शान्ति माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

होमपेज / विविध / समाचार /
शैक्षिक गुणस्तर सुधारमा जाेड
शान्ति माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न
  • चन्द्रिका चौधरी
  • २० माघ २०८२ (२३ घण्टा अघि)
  • १०८

बेलौरी, कञ्चनपुर –

सोमबार शान्ति माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ।बेलौरी नगर प्रमुख पोतीलाल चौधरीकाे प्रमुख आतिथ्यतामा उक्त दिवस सम्पन्न भएको हाे।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भन्नुभयो, “कुनै जमानामा मैले पनि यस विद्यालयमा लेभरी गरेको थिए। मेरो शान्ति माविसँगको साइनो गाढा छ। मैले मेरो र पालिकाकाे तर्फबाट यस विद्यालयलाई उचाइमा पुर्‍याउनका निमित्त विभिन्न समयमा पहल गरेको छु र अझै गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु।

आज यहाँ आएर विद्यालयको प्रगतिलाई देख्दा अत्यन्त खुशी लागेको छ। शान्ति माध्यमिक विद्यालयले क्षेत्रमै गुणस्तरीय शिक्षा र विद्यार्थी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

कृषि तथा प्राविधिक शिक्षा कार्यक्रमसँगै विद्यालय अग्रणी शैक्षिक संस्थाका रूपमा प्रख्यात भएपनि अभिभावक र शिक्षकको सहकार्यले मात्र विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित हुन्छ। तसर्थ म विद्यालय परिवारलाई आगामी दिनमा अझ प्रगति र सफलताकाे शुभकामना व्यक्त गर्दछु।”

प्रधानाध्यापक प्रेमबहादुर थापाले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विगतमा हासिल गरेका शैक्षिक, खेलकुद तथा सामाजिक उपलब्धिहरूको सार प्रस्तुत गर्नु भएको थियोे। साथै उहाँले आगामी नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

आगामी नीति तथा कार्यक्रमहरूमा

विद्यालयको समस्या र आवश्यकताको पहिचान गरी विद्यालय सुधार योजना (SIP) बनाई सम्बन्धित निकायमा प्रस्ताव पेस तथा पहल गर्ने।

'पढ्दै कमाउँदै' कार्यक्रमलाई उद्देश्यपूर्ण र प्रभावकारी बनाउन थप पहल गर्ने।

शैक्षिक गुणस्तर सुधारका निमित्त रणनीति तर्जुमा, तालिम, छलफल र अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गर्ने।

कक्षा १० र १२ को बाह्य परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने र यसलाई निरन्तरता दिने।

राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता लगायत जिल्ला, प्रादेशिक र राष्ट्रिय स्तरका खेलहरूमा उत्कृष्ट स्थान प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कृत र सम्मान गर्ने परम्परालाई निरन्तरता दिने।

थप कम्प्युटर ल्याब स्थापना तथा व्यवस्थापन गर्ने।

विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासका लागि खेलकुद एवं अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने।

विभिन्न खेलहरूमा खेलाडी उत्पादनका लागि आवश्यक सबै खेल सामग्रीको व्यवस्थापन सुनिश्चित गर्ने।
उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने।

विद्यालयको छात्रावास भवन र स्कुल बसका लागि काठमाडौँस्थित भारतीय राजदूतावासमा आवश्यक पहल भएको, Soil Test Report र DPR तयार गरी पेस गरिएको र यसका लागि थप पहल गर्ने आदि..।

यस्तै, स्थानीय जनप्रतिनिधि रुद्रप्रसाद अधिकारी ले  फरक शैलीमा प्रस्तुतहुदै भन्नुभयो, “ विद्यालयमा राजनीति हुनुहुँदैन, सबै परस्पर भएर विद्यालयकाे शैक्षिक सुधारमा जाेडदिनु पर्छ याे नै आजको आवश्यकता हाे।  विद्यालयले गुणस्तरीय शिक्षा संगै, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा पनि विद्यार्थीलाई अग्रणी बनाउँदै लानुपर्छ। यसरी समुदायसहित सबैको सल्लाह सुझावमा कार्य गर्नु सराहनीय हुन्छ।”

महाकाली माविका पूर्व प्रधानाध्यापक, समाजसेवी तथा बुद्धिजीवी प्रेमसिंह बोहरा ले भन्नुभयो, “शिक्षा केवल पढाइ मात्र होइन, चरित्र निर्माण पनि हो। शान्ति माध्यमिक विद्यालयले यस क्षेत्रमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यहाँका विद्यार्थी भविष्यका सक्षम नागरिक बन्नेछन् भन्नेमा म विश्वस्त छु।”

कार्यक्रममा नाटक साँस्कृतिक प्रस्तुति संगै विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, विद्यालयलाई योगदान गर्ने समाजसेवी, बुद्धिजीवी अभिभावक एवम् सरोकारवालाहरूलाई सम्मान गरिएको थियो।

अन्तिम अध्यावधिक: २० माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस