काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी, कुलमान पराजित

होमपेज / मुख्य समाचार /
काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी, कुलमान पराजित
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८२ (१ दिन अघि)
  • ६२

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

ऊर्जा क्षेत्रको नेतृत्वका कारण राष्ट्रिय चर्चामा रहेका घिसिङ यसपटक संसदीय प्रतिस्पर्धामा भने सफल हुन सकेनन् ।

अन्तिम अध्यावधिक: २२ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस