सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी

होमपेज / समाचार /
सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८२ (१ दिन अघि)
  • ५३

सिरहा  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गएको बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मत ल्याउनुभयो । 

नेकपा (एमाले)का रामशङ्कर यादवले ७ हजार ८६६ मत प्राप्त गर्नुभयो । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २८५ मत पाएका छन् । नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस