प्रतिनिधि सभा चुनावमा सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी हुनुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत ल्याउनुभयो ।
कांग्रेसका कार्की नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी लेनिनवादी) नेकपा एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत ल्याउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषि धन राईले ३ हजार ६४२ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गुर्नभयो ।
यसैगरी उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८ मत, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ मत र आम जनता पार्टीका गुणराज एफ भट्टराईले ४२ मत प्राप्त गर्नुभएको छ ।