क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो। सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ।
सन्दीपको अनुबन्ध रकम भने खुलाईएको छैन। इयू टी–२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ। लिगमा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सकासहित ६ टोलीको सहभागीता रहनेछ।