इनिशा ह*त्या प्रकरण : तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ : आईजीपी कार्की

होमपेज / अपराध / घटना /
इनिशा ह*त्या प्रकरण : तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ : आईजीपी कार्की
  • रेडियो सुदूर सञ्चार
  • ७ चैत २०८२ (३ घण्टा अघि)
  • ३१

प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरश: पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

‘सुर्खेत वा कुनै पनि घटनामा हामीले कानुनलाई अक्षरस पालना गर्दै तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्ने हुन्छ । हामीले सुर्खेत वा अरु ठाउँ भन्दा पनि पीडितको इन्गेजमेन्टलाई हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘निरन्तरको आवाजको सुनुवाइ हुनुपर्छ भनेका छौं । कानुनका विषयवस्तु राख्दै तथ्य र प्रमाणमा आधारमा अनुसन्धान हुन्छ ।’

कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिवद्धता जनाए ।

अनुसन्धानका लागि पर्याप्त रुपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिर आउने उनको भनाइ छ ।

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सवै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए ।

अन्तिम अध्यावधिक: ७ चैत २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस